प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल विद्यार्थी संघको दौड जुलुस (तस्बिरहरु)

काठमाडौँ- प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध शुक्रबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी भातृ संगठन नेपाल विद्यार्थी संघले जुलुस निकालेको छ।

त्रिचन्द्र कलेज अगाडि नेपाल विद्यार्थी संघ काठमाडौँ कार्यसमितिले दौड जुलुस गरेको थियो।

शुक्रबार नै माइतीघर मण्डलमा युवाहरुको समूहले सत्तारुढ दलभित्रको आन्तरिक कहलका कारण प्रतिनिधि सभा विघटन भएको भन्दै नेकपाका प्रचण्ड समूह र केपी शर्मा ओलीलाई पक्ष-विपक्ष बनाई डोरी तानातान गरेका थिए।

त्यसमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री ओलीको सहयोगीको भूमिकामा प्रस्तुत गरिएको थियो। देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका तस्बिरहरु:

माघ २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्