खाना बनाउने क्रममा जलेकी एक महिलाको उपचारका क्रममा मृत्यु

दाङ – खाना बनाउने क्रममा जलेर गम्भीर घाइते भएकी दाङकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१० चैलाहीकी ५५ वर्षीया मिनकला खड्काको शुक्रबार राति साढे १० बजेतिर पाल्पामा उपचारका क्रममा मृत्यु भएको हो ।

खड्का पुस १० गते बिहान घरमै अगेनामा खाना पकाउन बालेको आगोले सारीमा आगो सल्केपछि जलेर गम्भीर घाइते भएकी थिइन् ।

सारीबाट सल्केको आगोले खड्काका दुवै खुट्टा, ढाड लगायतका विभिन्न अंगमा गहिरो घाउ खत भएको थियो ।

उनलाई उपचारका लागि दाङ, बाँके हुँदै पाल्पासम्म उपचारका लागि लगिएको भएपनि उपचार संभव नभएका कारण गएराति उपचारका क्रममा मृत्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

माघ ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्