फोटो फिचर

पृथ्वीजयन्तीमा भएको प्रहरी ज्यादतीविरुद्ध नागरिक आन्दोलनको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – २९९ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसमा नागरिक तहबाट भएको विशेष कार्यक्रममा सरकार तथा प्रहरी प्रशासनबाट भएको दमन तथा ज्यादतीविरुद्ध काठमाडौँमा प्रदर्शन भएको छ।

राष्ट्रिय नागरिक आन्दोलनले शनिबार माइतीघर मण्डलामा गएको पुस २७ गतेको विशेष कार्यक्रममा भएको ज्यादतीविरुद्ध प्रदर्शन गरेको हो।

सिंहदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण गर्न जाँदै गरेकाहरुमाथि प्रहरीले ज्यादती गरेको थियो।

त्यसैविरोधमा नागरिक आन्दोलनमा सहभागीहरुले राष्ट्रिय झण्डासहित शनिबार माइतीघरमा प्रदर्शन गरेका हुन्।