कांग्रेसको आन्दोलन संविधानको रक्षाका लागि, दाहाल–नेपालको आन्दोलन ओलीलाई सत्ताबाट हटाउनः मिनेन्द्र रिजाल

नेपालगञ्ज – नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले संविधान जोगाउनका लागि जनता सडकमा आउनु पर्ने बताएका छन्।

नेपाली कांग्रेसले नेपालगञ्जमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै रिजालले अहिले कसलाई सत्ताबाट हटाउनेभन्दा पनि संविधानको रक्षा गर्नका लागि जनता सडकमा आउनु पर्ने बताए।

उनले अहिलेको आन्दोलन केपी शर्मा ओलीलाई सत्ताबाट फाल्न नभइ संविधानको रक्षाका लागि भएको बताए। ‘हाम्रो आन्दोलन संविधानको रक्षा गर्न र विधिलाई जोगाउनका लागि हो’, नेता रिजालले थपे, ‘ओलीलाई सत्ताबाट फाल्न मात्रै होइन।’

उनले संविधानको रक्षा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए। नेकपाको प्रचण्ड–माधव पक्षले थालेको सडक आन्दोलन ओलीलाई हटाउनमात्रै भएको उल्लेख गर्दै रिजालले आफ्नो आन्दोलन त्यतिमा सीमित नभइ संविधान रक्षार्थ भएको दोहोर्‍याए।

रमेश गुप्ता, मो. याकुव अन्सारी, सुरेन्द्र हमाल, किरण कोइराला, शिवकुमार बर्मा, प्रशान्त विष्टले सुशील कोइरालाले लडेर ल्याएको संविधानको रक्षा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए।

माघ ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्