तीन दिनपछि भेटियो नुहाउने क्रममा राप्ती नदीमा वेपत्ता युवाको शव

सांकेतिक तस्बिर

दाङ– तीन दिनअघि राप्ती नदीमा नुहाउने क्रममा वेपत्ता भएका एक युवकको शव गोताखोरको टोलीले फेला परेको छ।

राजपुर गाउँपालिका–२ गैरा गाउँ निवासी २४ वर्षीय प्रदिप चौधरी नुहाउने क्रममा माघ १ गते वेपत्ता भएका थिए।

सशस्त्र प्रहरी बलको शमशेरगञ्जबाट आएको गोताखोरको टोलीले नदीमा शव डुबेको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी इन्चार्ज राजकुमार भट्टले जानकारी दिए।

शव पोष्टमार्टमको लागि लमही अस्पताल लगिएको छ।

माघ ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्