आजको मौसमः तराईमा बाक्लो हुस्सु, पहाडमा बदली

फाइल तस्बिर

काठमाडौँ – देशका केही भू-भागमा आइतबारको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविदका अनुसार प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ।

यसबाहेक देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

आइतबार राति पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

हाल देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको महाशाखाले उल्लेख गरेको छ।

अहिले बिहान प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

देशको विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भूभागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।

माघ ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्