केपी ओलीले नेकपालाई सत्तामा जाने भर्‍‍याङ मात्रै बनाएः झलनाथ खनाल

फाइल तस्बिर।

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपालाई सत्तामा जाने भर्‍‍याङको रुपमा मात्रै प्रयोग गरेको बताएका छन्।

कमलादीस्थित प्रज्ञा भवनमा आयोजित अनेरास्वियु (दाहाल–नेपाल)को उपत्यका व्यापी भेलामा सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन्।

उनले भने, ‘नेकपालाई ओलीले माथि जाने भर्‍याङ मात्रै बनाए।’

आफूहरु ओलीको कामगर्ने प्रवृतिबाट पहिलेदेखि नै चिन्तिन भएको पनि खनालले बताए। पार्टीलाई नटेर्ने तानाशाही प्रवृति देखाएपछि पटक–पटक बैठकको माग गर्दा पनि ओलीले‍ नसुनेको उनको भनाइ छ।

केपी ओली प्रधानमन्त्री भएको दिनदेखि नै पार्टीमा गुटबन्दी गर्दै आएको र त्यो गुटबन्दी बढ्दै जाँदा संसद विघटन हुन पुगेको उनले बताए।

माघ ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्