पछिल्लो २४ घण्टामा २६६ जनालाई कोरोना संक्रमण, ५ जनाको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप २६६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ४०० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६१ हजार ४४४ पुगेको छ। देशभर ३ हजार ९१९ सक्रिय संक्रमित रहेका छन्।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ५९ पुगेको छ।

माघ ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्