मेरो टाउको चिलाएको हो कि के हो, यसपटक लाठी खान मन छः प्रचण्ड

फाइल तस्बिर।

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आन्दोलनमा आफू लाठी खान तयार रहेको बताएका छन्।

कमलादीस्थित प्रज्ञा भवनमा आयोजित अनेरास्वियु (दाहाल–नेपाल)को उपत्यकाव्यापी भेलामा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

संसद विघटनविरुद्ध माघ ९ गते काठमाडौँ उपत्यकामा विशाल प्रदर्शन गर्न विद्यार्थीहरुलाई निर्देशन दिँदै आफू उक्त आन्दोलनको अग्रपंक्तिमा उभिने प्रचण्डले बताए।

२०६२/६३ को आन्दोलनमा गिरिजाप्रसाद कोइराला र माधव नेपाल लगायतले जस्तै यसपटक आफूलाई लाठी खान मन लागेको उनको भनाइ छ।

उनले भने, ‘मेरो टाउको चिलाएको हो कि के हो, यसपटक लाठी खान मन छ।’

माघ ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्