जाडो बढेपछि गौशालाका विद्यालय तीन दिनका लागि बन्द गरिने

जनकपुरधाम-तराई मधेशमा जाडो बढेसँगै गौशाला नगरपालिकाले तीन दिनका लागि विद्यालय बन्द गर्ने भएको छ।

केही दिनदेखि शीतलहर बढेपछि विद्यार्थीहरुलाई विद्यालय जानमा समस्या हुन थालेपछि महोत्तरीको गौशाला नगरपालिकाले नगरभित्रको सबै विद्यालयहरु तीन दिनका लागि बन्द हुने भएको हो।

वाक्लो हुस्सु र शितलहरको कारण जनजीवन प्रत्यक्ष रुपमा प्रभावित भएपछि गौशाला नगरपालिकाले शुक्रवारसम्मको लागि सामुदायिक विद्यालयहरुमा जाडो विदा दिएको शिक्षा अधिकृत संजय कुमार सिंहले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

जाडोको समयमा बालबालिकाहरु सबै भन्दा बढ़ी प्रभावित हुने भएकोले नगरपालिका भित्र रहेका निजी तथा सामुदायिक सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको जनाइएको छ।

माघ ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्