काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियु (दाहाल–नेपाल) ले काठमाडौँ उपत्यका स्तरीय भेला गरेको छ।

अनेरास्ववियुले आइतबार राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भेलाको आयोजना गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्ध अनेरास्ववियुले विरोध प्रदर्शन तथा भेलाहरुको आयोजना गर्दै आएको छ।

भेलामा पूर्वप्रधामन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्य भीम रावल र सुरेन्द्र पाण्डेले सम्बोधन गरेका छन्।

सम्बोधनका क्रममा उनीहरुले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर संविधानमाथि प्रहार गरेको भन्दै आन्दोलन चर्काउन युवाहरुलाई आग्रह गरेका छन्।

उनीहरुले माघ ९ गते काठमाडौँ उपत्यकामा हुने प्रदर्शनलाई प्रभावकारी बनाउनु पर्ने बताएका छन्।