तराइमा शीतलहरले सताएपछि पर्साका विद्यालयहरु धमाधम बन्‍द गरिँदै

पर्सा- पछिल्लो केही दिनदेखि तराईमा बढेको शीतलहरका कारण पठनपाठनमा समस्या उत्पन्न भएपछि विद्यालयहरुमा बन्‍द गर्न थालिएको छ।

चिसो बढेसँगै पठनपाठनमा समस्या भएपछि पर्साका तीन स्थानीय निकायहरुले आफ्नो मातहतका विद्यालयहरुमा बिदा दिएका छन्। सम्बन्धित स्थानीय निकायले सूचना जारी गरि आफू मातहत रहेका विद्यालयमा तीन दिनको लागि बिदा दिन थालेका हुन।

जिल्लाको वीरगञ्ज महानगरपालिका,बिन्दबासिनी गाउँपालिका र जिरा भवानी गाउँपालिका गरि तीनै स्थानीय तहले आफू मातहतका विद्यालयहरुमा बिदा दिएका छन्।

चिसो बढेर शितलहर चल्न थालेपछि नेपाल शिक्षक महासंघ,प्राइभेट एण्ड बोर्डिङ स्कुल अर्गनाइजेसन नेपाल र वीरगञ्ज महानगरपालिकाले विज्ञप्ति जारी गर्दै महानगरका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरुमा माघ ४ गते आइतबारदेखि ६ गते मँगलबारसम्म बन्द गरिएको जनाएको छ।

यस्तै बिन्दबासिनी गाउँपालिकाले पनि आइतबार एक सूचना जारी गर्दै गाउँपालिका मातहतका सबै सामुदायिक,धार्मिक र परम्परागत विद्यालयहरुमा माघ ५ गते सोमबारदेखि ७ गते बुधबार सम्म तीन दिनको लागि बन्द गरिएको जनाएको छ। अत्याधिक चिसोका कारण विद्यार्थीहरुको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै गाउँपालिकाले विद्यालयहरु धमाधम बन्‍द गर्न थालेका हुन।

यस्तै नेपाल शिक्षक महासंघ बिन्दबासिनी र गाउँपालिकाबीच भएको छलफलले विद्यालय तीन दिन बन्द गर्ने निर्णय नै गरिसकेका छन्। यस्तै जिरा भवानी गाउँपालिकाले पनि आइतबार नै सूचनामार्फत मातहतका विद्यालयहरु आईतबारदेखि मंगलबारसम्म विद्यालय बन्द गर्ने जानकारी दिएको छ।

केही दिनदेखि तराईमा बढेको अत्याधिक चिसो तथा शितलहरका कारण जनजीवन प्रभावित भइरहेको छ भने त्यसको असर स्कुले बालबालिकामा पनि पर्न सक्ने कुरालाई मध्यनजर गर्दै विद्यालयहरु बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले जानकारी दिए

उनले भने, ‘केही दिनदेखि बढेको चिसोका कारण तराईका जिल्लाहरुमा जन जिवन प्रभावित भएको छ। बिहानैदेखि लाग्ने कुहिरो र शितलहर पनि चल्ने गरेका कारण यहाँका मानिसहरुको जना जिवन प्रभावित हुँदै आएको छ । यसले साना बालबालिका र विद्यार्थीलाई असर गर्ने देखिएपछि हामीले विद्यालय बन्द गर्ने निर्णय गरेका हौ।’

माघ ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्