कोरोना अपडेट: संक्रमित २ लाख ६७ हजार ३२२,निधन १ हजार ९ सय ५९, डिस्चार्ज २ लाख ६१ हजार ४४४

काठमाडौँ- नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ भने मृत्‍यु हुनेको संख्या १ हजार ९ सय ५९ पुगेको छ।

यस्तै कोरोना भाइरसबाट डिस्चार्ज हुनेको संख्या २ लाख ६१ हजार ४ सय ४४ जना पुगेको छ भने आइतबार मात्रै ४ सय जना डिस्चार्ज एका छन्।

देशभर ३ हजार ९१९ सक्रिय संक्रमित रहेका छन्। यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा थप २६६ जना कोरोना संक्रमित थपिएका छन्। जसमा काठमाडौँमा १४५, भक्तपुरमा ९ र ललितपुरमा २३ जना कोरोना संक्रमित गरी काठमाडौँ उपत्यकामा थप १७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङका ३, सुनसरीमा १,सप्तरीमा १, काठमाडौँमा १४५, काभ्रेमा ३, चितवनमा ५, धादिङमा ३, नुवाकोटमा १०, भक्तपुरमा ९, रामेछापमा १, ललितपुरमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै कास्कीमा २१, तनहुँमा २, नवलपरासीपुर्वमा १, स्याङजाका २, अर्घाखाँचीमा १, दाङमा ६, पाल्पामा २, बर्दियामा २, बाँकेमा १५, रुपन्देहीमा ७, रोल्पामा १ तथा डडेल्धुरामा २ जना संक्रमित थपिएका छन्।

यस्तै देशभर १५७ जना कोरोना संक्रमितको आइसीयूमा र ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने गत चौबीस घन्टामा ३ हजार ५ सय ८ पीसीआर परीक्षण भएको छ।

माघ ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्