केपी ओलीले कामभन्दा बढी गफ गर्छन्ः माधव नेपाल

नेपालगञ्ज– नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष नेता माधवकुमार नेपालले केपी ओली गफाडी भएको टिप्पणी गरेका छन्।

नेपालगञ्जमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता नेपालले ओलीले कामभन्दा धेरै गफ गर्ने बताए। नेपालले कार्यकर्ता प्रशिक्षणको अधिकांश समय केपी ओलीको आलोचना गर्नमै खर्चिए।

नेपालले ओलीको प्रतिगमनविरुद्ध सडकमा आउन कार्यकर्ताहरुलाई आह्वान गरे। उनले संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको जरुरी रहेको दोहोर्‍याए।

‘संविधान र लोकतन्त्रका लागि आन्दोलन गर्नुपरेको छ। यो आन्दोलन केपी ओलीको प्रतिगमनविरुद्ध पनि हो,’ नेता नेपालले नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिँदै भने, ‘आन्दोलनलाई सशक्त बनाउनका लागि गाउँगाउँ, टोलटोल, बस्तीबस्तीमा गएर गणतन्त्र, लोकतन्त्र, संविधान र कम्युनिष्ट आन्दोलनलाई जोगाउन संघर्षको विकल्प छैन भनेर बुझाउनुहोस्।’

नेताहरु नारायणकाजी श्रेष्ठ, युवराज ज्ञवाली, वर्षमान पुन, ओनसरी घर्तिले केपी ओलीको कदम संविधान विपरित रहेकाले सडकमा आउन जरुरी रहेको बताए।

माघ ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्