
एक्लै घुम्न निस्कने बानी पुरानै हो । फाइदा, आफैसँग कुरा गर्न पाइन्छ । हतार भयो हिँडौँ भन्ने कोही हुँदैन, लामो सास लिन सकिन्छ । डिलमा बसेर मनग्य कहानी बुन्न सकिन्छ, कोट्याएर ब्यूँझाउने कोही हुँदैन । यसो गरौँ भन्ने कोही हुँदैन, उसो गरौँ भन्ने कोही हुँदैन । मन लागेको बेला रोकिनु र बेला हिँड्न पाइन्छ ।