सुनखानीको सुरुङ्गमा फसेका १२ चिनियाँ कामदारले हप्तादिनपछि उदारकर्मीलाई पठाए सन्देश

चीनको एक सुनखानीको सुरुङ्गमा फसेका १२ खानी कामदार हप्तादिन बित्दा पनि जीवितै रहेको उद्धारकर्मीले बताएका छन् ।
फसेका खानी कामदारले सात दिनपछि उद्धारकर्मीलाई सन्देश पठाउन सफल भएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
तर बिस्फोटपछि बेपत्ता रहेका अरु १० खानी कामदारको अवस्था भने अझै अज्ञात छ । चीनमा खानीमा बारम्बार दुर्घटना हुने गरेका छन् ।
कमजोर सुरक्षा प्रवन्धका कारण यस्ता दुर्घटना हुने गरेको हो । साङ्गदोङ्ग प्रान्तको यान्ताई नजिकैको हुशान खानीमा २२ कामदार जनवरी १० मा भएको बिस्फोटपछि फसेका हुन् ।