काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्ध लगातार प्रदर्शन गर्दै आएको विवेकशील पार्टीले सोमबार फरक शैलीमा विरोध गरेको छ ।

माइतीघर मण्डलामा प्रदर्शनकारीहरुले ऐना, घडी, बिरुवासहितको गमला तथा योगाशन मार्फत विरोध जनाएका हुन् ।

प्रतिनिधिसभा विघटनले लोकतन्त्रको बिरुवामाथि आक्रमण भएको भन्दै सांकेतिक रुपमा विरोधका लागि नयाँ उपाय अपनाइएको विवेकशील पार्टीले जनाएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरि आउँदो वैशाख १७ र २७ गतेका लागि चुनावको मिति तय गरेपछि विरोध प्रदर्शन हुँदै आएको छ ।