प्रतिनिधिसभा विघटन प्रतिगामी कदम भएको कांग्रेसले स्वीकारेको हो-कांग्रेस नेतृ संग्रौला

पर्सा-नेपाली काँग्रेसकी केन्द्रिय सदस्य डिला सँग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाइ काँग्रेसले प्रतिगामी कदमको रुपमा स्वीकारेको बताएकी छिन्।

वीरगञ्जमा सोमबार काँग्रेस पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन्,’नेपाली काँग्रसले यही पौष ५ गते प्रधानमन्त्री केपी ओलीबाट प्रतिनिधिसभा जुन भङ्ग भयो,यो बिघटन असंवैधानिक छ,अलोकतान्कि छ र प्रतिगामी कदम हो’,उनले भनिन्, ‘यही प्रतिगामी कदमका बिरुद्धमा देशब्यापी नेपाली काँग्रेस आन्दोलनमा पनि छ।’

उनले नेपालको राजनितीमा राजनीतिक जटिलता र संविधानमाथिको प्रहारले मुलुक अस्थिरतातर्फ गइरहेको भन्‍दै अब आन्दोलनको विकल्प नरहेको बताए।

संसद बिघटनको बिरुद्धमा काँग्रेसको बैठकले गरेको निर्णय अनुसार पहिलो र दोस्रो चरणमा ३ सय ३० निर्वाचन क्षेत्र ७ सय ५३ स्थानीय तहमा आन्दोलन सकेर आउँदो माघ ८ गते हुने ६ हजार ७ सय ४३ वटा वडाको बिरोध प्रदर्शनको तयारीका रहेको उनले जानकारी दिइन्।

नेपाली जनताले आफूहरुलाई ५ वर्षको प्रतिपक्षको जनादेश र नेकपालाई ५ वर्षको प्रचण्ड बहुमतको जनादेश दिएको बताउदै उनले उक्त जनादेशलाई लत्याउदै संसद विघटन गरेको आरोप लगाइन्।

‘जनताले हामीहरुलाई ५ बर्षको प्रतिपक्षको जनादेश र नेकपालाई ५ बर्ष सम्मको प्रचण्ड बहुमतको जनादेश दियो’, उनले भनिन्, ‘प्रचण्ड बहुमतको जनादेशलाई लत्याउदै घोषणा पत्रमा उल्लेख गरेका कुराहरुलाई पनि लत्याउदै संसदको विघटन भएको छ।’

भ्रष्टाचारमा यो सरकारले किर्तिमान कायम गरेको बताउदै सरकारले नेपाली जनतालाई सुशासन दिन नसकेको संग्रौलाले दाबी गरिन्।देशमा कहि पनि शान्ति स्थायित्व नभई नेपाली जनताको बाँचन पाउनेसम्मको अधिकार अहिले कुण्ठित भएको उनको जिकिर थियो।

माघ ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्