रवि भवनस्थित सिटी अपार्टमेन्टमा भीषण आगलागी, निभाउने प्रयास जारी

काठमाडौँ-काठमाडौँको रवि भवनमा भीषण आगलागी भएको छ। रवि भवनस्थित सिटी अपार्टमेन्टमा आगलागी भएको हो ।

आगो नियन्त्रणमा लिनका लागि वारुणयन्त्रसहित हेलिकप्टर पनि परिचालन गरिएको छ। आगलागीको कारण खुलेको छैन।

पाँचौ तल्लाबाट  आगलागी सुरु भएको काठमाडौँ प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए।

उनका अनुसार अपार्टमेन्टबाट मानिसहरुलाई बाहिर निकाल्ने काम भइरहेको छ भने नेपाल प्रहरी, नेपाली सेना, काठमाडौँ महानगरपालिकाको दमकल र स्थानीयबासीको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ।

माघ ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्