काठमाडौँ उपत्यकामा १६३ जना कोरोना संक्रमित थपिए

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १४१, भक्तपुरमा ७ र ललितपुरमा १५ जना कोरोना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर १६१ जना कोरोना संक्रमितको आइसीयूमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

माघ ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्