आहालको पानी फाल्दै, माछा मार्दै बालबालिका

दाङ-दिउँसो पख लागेको घामले कुहिरो हटायो। अनि माघेसंक्रान्ति मनाउन घर फर्किएका मजदुर र तिनका परिवारका सदस्य फुर्सदिला थिए। इट्टा भट्टामा काम गर्न अन्यत्र गएकाहरु घर फिरे। काममा नफर्कदासम्म उनीहरु घरमै रमाउने गर्छन्।
लमही नगरपालिका-४ अर्नहवा निवासी कमल कुमाल, उनकी छोरी सिमा लगायत अन्य साथीहरु मिलेर माछा मार्ने योजना बुने । त्यसपछि घर छेउको आहालमा रहेकाे ठाउँमा माछा मार्न पसे । कसैले पानी फाले। कसैले हिलो भित्र माछा खोज्न थाले।
बालबालिका माछा छोप्दै रमाइलो गर्न थाले।’ भोलि त भट्टामा फर्किने हो। आज रमाइलोको लागि माछा मार्दैछौँ´कमलले भने-`के गर्नु चाडपर्व मनाउन आएको समयमा परिवारसँग रमाइलो गरि बिताउने हो। त्यहीँ भएर माछा मार्न थालियो।´
कुमालकी छोरी विद्यालय जाने उमेरकी छिन्। लकडाउन अघि विद्यालय जान्थिन्। तर, अहिले विद्यालय जान छाडेकी छिन्। ‘२ सम्म पढे। अब भट्टामा बुवाआमासँग जान्छु´सीमाले भनिन्-`आज त माछा मार्दै छु।´