सोमबार कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

काठमाडौँ- सोमबार थप ३२२ जना कोरोना संक्रमित थपिएका छन्।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ४, मोरङका ५, सुनसरीमा २, बाराका १, सप्तरीमा २, सर्लाहीमा १, सिराहामा १, काठमाडौँमा १४१, काभ्रेमा २, चितवनमा २२, धादिङमा १, नुवाकोटमा १०, भक्तपुरमा ७, मकवानपुरमा ५, ललितपुरमा १५, सिन्धुलीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै कास्कीमा २१, गाोरखामा ४, तनहुँमा ६, नवलपरासीपुर्वमा ६, पर्वतमा ३, म्याग्दीमा ४, लमजुङमा २, बागलुङमा ११, अर्घाखाँचीमा ३, कपिलवस्तुमा ३, दाङमा ३, पाल्पामा ३ बर्दियामा २, बाँकेमा १९, रुपन्देहीमा ६, तथा बझाङमा ५ जना संक्रमित थपिएका छन्।

माघ ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्