
अस्ट्रेलियामा जारी बिग बास लिग-बीबिएल क्रिकेटको यो सिजन होबर्ट हरिकेन्सले तीन खेलपछि पहिलो जित हात पारेको छ।
नेपालका सन्दीप लामिछाने आबद्ध हरिकेन्सले सोमबार भएको खेलमा सिड्नी थण्डरलाई ६ विकेटले हरायो। हरिकेन्सको जितमा बेन म्याकडरमटले सर्वाधिक ९६ रन जोडे।
पहिला ब्याटिङ गरेको थण्डरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७७ रन जोडेको थियो। थण्डरका साम बिलिङ्सले सर्वाधिक ५० रन बनाए। हरिकेन्सले स्कट बोलान्डले चार विकेट लिए। उनले ४१ रन खर्चिएका थिए। सन्दीपले चार ओभरमा २८ रन खर्चिए। उनले विकेट भने लिन सकेनन्।
हरिकेन्सले २ ओभर बाँकी रहँदा चार विकेट गुमाएर लक्ष्य भेट्टायो। म्याकडरमटले ५६ बलमा ५ छक्का र ८ चौका प्रहार गरे। दाविद मलानले पनि ४२ रन जोडे। यी दुईले तेस्रो विकेटका लागि एक सय ९ रनको साझेदारी गरेका थिए। होबर्टको ११ खेलबाट २३ अंक भएको छ।
शीर्षस्थानमा रहेको सिड्नी सिक्सर्सको ३२ अंक छ। सिड्नी थण्डरको पनि ११ खेलबाट २३ अंक रहेको छ। मेलबर्न स्टार्सले पनि ११ खेलबाट २३ अंक जोडेको छ।