नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि पीसीआर गर्ने ठाउँमा सतर्कता बढाइयो (फोटो फिचर)

नेपालमा नयाँ प्रकारको कोरोना भाइरस भित्रिएको पुष्टि भएपछि कोरोनाको परीक्षण (पीसीआर) गर्ने ठाउँहरुमा सतर्कता बढाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरेर नयाँ प्रजातिको उद्गमस्थल बेलायतबाट केही दिन अघि आएका ६ जना मध्ये तीनजनामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमणको पुष्टि भइसकेको जनाउ दिएसँगै ललितपुरस्थित विध ल्याबमा पनि सतर्कता बढाइएको छ।

विध ल्‍याबमा कर्मचारीहरुले पीपीइ, फेस भाइजर/शिल्ड, पञ्‍जा र मास्क लगाएर सुरक्षित साथ पीसीआर परीक्षणका लागि स्वास्थ्य सामग्रीहरु राखिरहेका छन्।

यसका साथै विध ल्‍याबले छुटै रुटिन ल्याब पनि सञ्चालनमा ल्‍याएको छ। विध ल्‍याबका म्‍यानेजर रविशंकर पाेेेेेेेखरेलका अनुसार दिशा, पिसाब, रगत, हेमाटोलोजी, कल्चरलगायत सबैको परीक्षणका लागि उक्त ल्‍याब खुलेको देश सञ्‍चारलाई जानकारी दिए। साथै कोरोनाको नयाँ भेरिएण्ट भेटिएपछि विध ल्याबमा पनि सतर्कता बढाइएको उनले बताए।

उनले भने, ‘नेपालमा नयाँ कोरोना भाइरसको प्रकार भेटेसँगै पीसीआरका लागि सतर्कता अपनाएका छौँ। त्‍यस्तै रेगुलर टेस्टका लागि छुट्टै रुटिन ल्‍याब सञ्‍चालनमा ल्‍याएका छौँ। हामी सबै सजग बनौँ। आफू पनि बचाऔ, अरुलाई पनि बचाऔँ।’

देश सञ्‍चारका फोटो पत्रकार सुलभ श्रेष्ठले विध ल्‍याबमै पुगेर खिचेका तस्बिरहरु: