रेग्मी राजदूत नियुक्त

काठमाडौँ – पूर्व मुख्यसचिव लोकर्दशन रेग्मी बेलायतका लागि राजदूत नियुक्त भएका छन्।

रेग्मीलाई सोमबार राष्ट्रपति विद्यादेवि भण्डारीले संयुक्त अधिराज्यको आवासीय राजदूत पदमा नियुक्त गरेकी हुन्।

मन्त्रिपरिषद्को सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि रेग्मीलाई राजदूतमा नियुक्त गर्न बेलायतबाट एग्रिमो आउने प्रक्रियामा थियो।

एग्रिमो आएपछि राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ अनुसार नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए।

माघ ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्