होम आइसोलेसनमा बसेका संक्रमितको मृत्यु

नेपालगञ्ज – नेपालगञ्जमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १०, भृकुटीनगरका ७० वर्षीय पुरुषको साेमबार राति मृत्यु भएको हो।

उनलाई पुस २६ गते कोरोना पुष्टि भएको थियो । कोरोना भएपछि घरमै बसेका बृद्धलाई अक्सिजनको लेबल कम देखिएपछि २७ गते भेरी अस्पतालमा ल्याइएको थियो।

भेरीमा उपचारको क्रममा स्वास्थ्यमा सुधार आएपछि २९ गते पुनः होम आइसोलेसनमा लगिएको थियो।

बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ। जिल्लामा अहिले पनि ६१ जना होम आइसोलेसनमा बसेका छन्। भेरी अस्पतालमा ३१ जना बिरामी रहेका छन्।

माघ ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्