१ बिगहा १० कठ्ठामा लगाइएको प्रतिबन्धित गाँजा खेती प्रहरीद्वारा नष्ट

पर्सा-प्रहरीले बारामा १ बिगाहा १० कठा क्षेत्रफलमा लगाइएको प्रतिबन्धित अबैध गाँजा नष्ट गरेको छ।

प्रहरीले निजगढ नगरपालिका १३ पानिसरा र शक्तिखोला स्थित १ बिगहा १० कठ्ठा ऐलानी जग्गामा लुकाई छिपाइ लगाइएको गाँजा खेती नष्ट गरेको हो।

अवैध गाँजा खेती फडानी अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय बारा र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको सँयुक्त प्रहरी टोलीले गाँजा फडानी गरि नष्ट गरेको हो ।

माघ ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्