किर्ते मुद्दामा फरार वडा सदस्यका छोरा पक्राउ

वीरगञ्ज– नागरिकता किर्ते मुद्दामा फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

रौतहटको गढीमाई नगरपालिका वडा नं ६ धर्मपुर घर भएका ५५ वर्षका महेन्द्र राय यादवलाई प्रहरीले पक्राउ गरेको हो। उनी सोही वडाका वडा सदस्यका छोरा हुन्।

यादवलाई उनकै गाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत गौरमा बुझाइएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

माघ ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्