पूर्व पत्नीलाई दुई जनाबीचको अश्लील भिडियो पठाएर ब्ल्याकमेलिङ

सांकेतिक तस्बिर।

काठमाडौँ- पूर्व पत्नीलाई दुई जनाबीचको अश्लील भिडियो पठाएर ब्ल्याकमेलिङ गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय साइबर ब्युरोले सल्यानको कुमख गाउँपालिका-४ सेराडाडा बस्ने ३६ वर्षीय रमेश शाही भन्ने रवि शाहिलाई पक्राउ गरेको हो। उनीहरुबीच एक वर्षअघि डिभोर्स भएको थियो।

ब्युरोका प्रमुख नविन्द अर्यालका अनुसार शाहीले आफ्नै फेसबुक अकाउन्ट र फेक अकाउन्टबाट पूर्व पत्नीलाई आफूबीचका अश्लील भिडियोहरु पठाएर धम्की दिने गरेका थिए। शाहीले अरु व्यक्तिलाई समेत पूर्व पत्नीसँगका अश्लील भिडियोहरु पठाएको प्रहरीले जनाएको छ।

सम्बन्धमा रहेका बेला शारीरिक सम्पर्कका भिडियो रेकर्ड गर्ने र सम्बन्ध बिग्रिएपछि त्यसलाई बार्गेनिङ र बदलाको रुपमा प्रयोग गर्ने प्रवृत्तिका कारण यस किसिमका घटनाहरु बढिरहेको प्रहरीको भनाइ छ।

माघ ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्