यूनाइटेड इन्स्योरेन्सको कुल बीमा शुल्क आम्दानी ४८ करोड ८० लाख

काठमाडौँ–यूनाइटेड इन्स्योरेन्स कम्पनीले २६औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ।

सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५-०७६ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७६ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचिहरु पारित गरिएको हो।

सभाले आर्थिक वर्ष २०७६।०७७ का लागी बाह्य लेखा परीक्षक मदन निरौला एण्ड कं चार्टर्ड एकाउण्टेण्ट्लाई नियुक्त गरेको छ।

कम्पनीको आ.व.२०७७।०७८ को वित्तीय विवरणमा कुल बीमा शुल्क आम्दानी ४८ करोड ८० लाख ३३ हजार ४ सय ४५÷६२ रुपैयाँ रहेको छ भने खुद बीमा शुल्क आम्दानी २३ करोड ७ लाख ५२ हजार ४ सय २६÷२० रुपैयाँ रहेकोमा खुद नाफा २ करोड २२ लाख १२ हजार १०२÷५३ रुपैयाँ रहेको छ।

यस कम्पनीको लगानी गत आ. व. को तुलनामा ३÷९३ प्रतिशतले वृद्धि भई आषाढ मसान्तमा ६९ करोड ८४ लाख ४२ हजार १३१-७४ रुपैयाँ पुगेको छ। आ.व. २०७५-०७६ मा कम्पनीको कुल कारोवार गत आ. व. २०७४।०७५ को तुलनामा २-२५ प्रतिशतले वृद्धि भई ४८ करोड ८० लाख ३३ हजार ४ सय ४५-६२ बीमा शुल्क आर्जन गरेको जानकारी कम्पनीले दिएको छ।

कम्पनीको विशेष प्रस्ताव अन्तर्गत बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्व–साधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय सर्वसहमतिले पारित गरेको हो।

माघ ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्