स्पार्क अटोमोटिभ्स प्रालिले नेपालमा भित्र्यायो हेभी इक्युपमेन्टस्

काठमाडौँ-भारतको हेभी इक्युपमेन्ट उत्पादन कम्पनी एसिइ ब्राण्डको मेशिनहरु नेपालमा स्पार्क अटोमोटिभस प्राइभेट लिमिटेडले बागमती र नारायणी अञ्चलको लागि ल्याएको हो ।

नेपालमा स्पार्क अटोमोटिभ्स प्रालिले भित्र्याएका यी हेभी इक्युपमेन्टसहरुमा ३- ४० टनका क्रेन, ब्याक्हो लोडर, व्हील लोडर तथा बिभिन्न सडक निर्माणमा आवश्यकपर्ने कम्याक्टर, टेन्डम रोलर, ग्रेडर एंवम वेयर हाउस इक्युपमेन्टमा फर्कलिफ्ट, स्ट्रयाकर आदी रहेका छन्।

स्पार्क अटोमोटिभसको वर्कसप तथा शोरुम काठमाडौं तथा बिरगंजमा रहेको छ भने कर्पोरेट अफिस नक्साल,काठमाडौंमा रहेको छ।

यसको साथसाथै कम्पनीले नेपालमा आवश्यक पर्ने एसीई ब्राण्डका अन्य उत्पादनहरु समेत बजारमा क्रमश बिक्री बितरण गर्ने र भविश्यमा बिक्री पश्चात सर्भिस सेवालाई पनि उत्तिकै महत्वमा राखी समय अनुसार शाखाहरु बिस्तार गर्दै लैजाने जनाएको छ।

माघ ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्