नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का पदाधिकारीको पदभार ग्रहण सम्पन्‍न

मोरङ-नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश-१ को नवनिर्वाचित कार्यसमितिको पदस्थापना तथा सपथग्रहण कार्य सम्पन्‍न भएको छ।

बुधबार विराटनगरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मुलुकको आर्थिक विकासका लागि नीजि क्षेत्रसंग सरकारको ब्यवसायिक साझेदार आवश्यक रहेकोमा जोड दिए।

पर्यटन र कृषि क्षेत्रमा बलियो संभवना रहेको बताएका वरिष्ठ उपाध्यक्ष ढकालले सो क्षेत्रको समग्र विकास लागि स्थानीय सरकारको समन्वय र सहयोगको आवश्यक्ता रहेको उल्लेख गरेका थिए। कार्यक्रममा कोभिड १९ महामारीले पछिल्लोसमय मुलुकको औद्योगिक क्षेत्रमा समेत ठूलो असर पुराएको उनले बताए।

वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड महामारीको असरबाट जर्जर बनेको औद्योगिक क्षेत्रलाई उकास्नका लागि केन्द्रीय तहले समन्वयको भूमिका खेल्ने बताएका थिए। त्यसैगरि, उद्योग वाणिज्य महासंघका प्रदेश १ सदस्य एवं उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले कोभिडका कारण विदेशी लगानी भित्राउने कुरामा सबै सतर्क रहनुपर्नेमा जोड दिए।

७० प्रतिशतसम्म विदेशी लगानी र प्रवद्र्धन गर्न दिने सरकारको नीति सन्दर्भ सकारात्मक भएपनि त्यसबाट सरकारले मुलुककै ससाना लगानीका कृषकलाई नोक्सानी ब्यहोर्नुपर्ने अवस्थालाई समेत ध्यानदिनुपर्ने उनले बताए। त्यसैगरि, बैंकिंग क्षेत्रमा देखिएको अस्वस्थ स्पर्धासंगै लगानीको होडबाजी चलेको बताए।

अहिले बढ्दै गएको लगानीको क्षेत्र स्वस्थ्यमा ध्यान दिनुपर्नेमा जोडदिएका उनले नीजि क्षेत्रले कोभिड १९ को महामारीसंगै अषाढ मसान्तदेखि पौष मसान्तसम्ममा उद्योग सञ्चालनका लागि लिएको ऋणका कारण लगानी बढेको झैं देखिएको बताए।

उनले कोभिड १९ बाट प्रभावित उद्योग, कलकारखानाको पहिचान गरि सरकारले पूर्नःकर्जा लगानी गर्नुपर्ने सुझाव दिए। उद्योगलाई बढिमा २० करोड रुपैयासम्म पूर्नःकर्जाका रुपमा लगानी गर्न सकिने प्रावधानमा विचार गर्न सुझाव दिदैं उनले सो निर्धारित रकमभन्दा ठूला लगानीका उद्योगलाई समेत सरकारले समेटन् आवश्यक रहेको प्रस्टाए।

कार्यक्रममा निवर्तमान अध्यक्ष नरेन्द्रकुमार खड्काले नवनिर्वाचित अध्यक्ष टीकाराज ढकाललाई सपथ ग्रहण गराएका थिए। नवनिर्वाचित अध्यक्ष ढकालले अन्य पदाधिकारी उपाध्यक्षद्धय जिल्ला नगरतर्फबाट भीमबहादुर पौडेल, एशोसिएटतर्फबाट राजेन्द्र राउत, कोषाध्यक्ष रमेश राठी, सदस्यहरुमा रविनकुमार दाहाल, श्रवणकुमार अग्रवाल, युवराज शाक्य, वीरेन्द्रकुमार साह, प्रितम खड्गी, कुमार भट्टराई, भुपालराज कट्वाल, राजन श्रेष्ठ, सुभाष आचार्यलाई पदभार ग्रहण गराएका थिए।

माघ ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्