रियल मड्रिड स्तब्ध

युरोपियन जाइन्ट रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम ३२ बाटै बाहिरिएको छ।

बुधबार राति भएको खेलमा तेस्रो डिभिजनको क्लब एल्कोयानोसँग २–१ ले पराजित भएको हो।

रियल मड्रिडका लागि मिलिताओले ४५ औँ मिनेटमा गोल गरि सुरुवाति अग्रता दिलाएका थिए।

८० औँ मिनेटमा सोल्बेसले एल्कोयानोका लागि बराबरी गोल गरे । त्यसपछि खेल अतिरिक्त समयमा धकेलियो ।

११० औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर लोपेज ओलिभान बाहिरिएपछि १० खेलाडीमा सीमित भएको एल्कोयानोका लागि ११५ औँ मिनेटमा कासानोभाले गोल गरेर जित दिलाए ।

माघ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्