लेवान्डोस्कीको गोलमा बार्यनको जित

रोबर्ट लेवान्डोस्कीको गोलमा बार्यन म्युनिखले जित दर्ता गरेको छ। जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा बार्यन म्युनिखले एफसी अग्सबर्गलाई १–० ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा १३ औँ मिनेटमा पाएको पेनाल्टीमा लेवान्डोस्कीले गोल गरेर टिमलाई जित दिलाएका हुन् । लेवान्डोस्कीले यो सिजन अहिलेसम्म लिगमा २२ गोल गरेका छन् ।

जितपछि शीर्ष स्थानको बार्यन म्युनिखको १७ खेलबाट ३९ अंक भएको छ ।

माघ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्