जनप्रतिनिधिहरुलाई योजना तर्जुमा तालिम

सिमकोट – गाउँपालिकाका जनप्रतिनिधिहरु र योजना फाँटका कर्मचारीका लागि जलवायु अनुकुलन सम्बन्धी योजना तर्जुमा तालिम प्रदान गरिएको हो ।

गाउँसभाको सदस्यहरुलाई योजना तर्जुमा गर्ने प्रकृया र त्यसको प्राथमिकीकरण गर्न सहजता बनाउनका लागि तालिम प्रदान गरिएको हो ।

सर्केगार्ड गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष कृष्णप्रसाद जैशीले अहिलेको जल्दोबन्दो समस्याका रुपमा रहेको जलवायु अनुकुलनको क्षेत्रमा गाउँपालिकाले योजना तर्जुमा गर्दा ध्यान दिनु पर्ने कुरा सम्बन्धी तालिम पाएसंगै धेरै कुरा जानकारी प्राप्त भएको बताए ।

वडा र गाउँपालिकाका योजना तर्जुमा गर्ने मुख्य जनप्रतिनिधिहरुका लागि आवश्यक कुरा जानकारी भएपछि भोलि यसलाई कार्यान्वयन गर्न सहज भएको उनको भनाई छ ।

यो तालिम पश्चात गाउँपालिकाका प्रत्येक सदस्यहरुलाई पालिकाको आवधिक योजना, जलवायु सम्बन्धीका नीति तथा कार्य विधि बनाउन सहज भएको र त्योसँगै समावेशी योजना तर्जुमाका लागि पनि सहयोगी विधिहरु बारे जानकारी प्राप्त भएको गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायाले बताए ।

माघ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्