चीनले लगायो अमेरिकी पूर्व विदेश मन्त्री पोम्पेओसहित ट्रम्प प्रशासनका २७ उच्च अधिकारीमाथि प्रतिबन्ध

अमेरिकाको सत्तामा जो बाइडेन आए लगत्तै चीनले डोनाल्ड ट्रम्प प्रशासनका उच्च अधिकारीमाथि प्रतिबन्ध लगाएको छ ।

चीनले ट्रम्प प्रशासनमा विदेश मन्त्री रहेका माइक पोम्पेओसहित सो प्रशासनका २७ उच्च अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको हो ।

चीनविरुद्ध पूर्वाग्रह र घृणा फैलाएको आरोप लगाउँदै चीनले पोम्पेओसहितका ट्रम्प प्रशासनका उच्च अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको हो ।

बिहीबार बिहानै सार्वजनिक गरिएको वक्तव्यमा चीनको विदेश मन्त्रालयले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका अधिकारीलाई ‘चीन विरोधी राजनीतिज्ञ’ भनेको छ । उनीहरुले अमेरिका र चीनबिचको सम्बन्धलाई कमजोर पार्ने प्रयास गरेको पनि वक्तव्यमा उल्लेख छ ।

ट्रम्प प्रशासनमा अमेरिका–चीन सम्बन्ध खराब रह्यो । सो बिग्रिएको सम्बन्ध सुधारको जिम्मा बाइडेन प्रशासनलाई छ । बाइडेनले बुधबार अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिएका हुन् ।

माघ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्