गोली हानी हत्या गरेर लुटपाट गर्ने अभियुक्त ९ वर्षपछि पक्राउ

जनकपुरधाम-गोली हानी लुटपाट गर्ने अभियुक्त ९ वर्षपछि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनुषाको गनेशमान चारनाथ नगरपालिका वडा नं. २ का ३४ वर्षीय जागेश्वर यादव रहेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।

यादवलाई सिरहाको मिर्चैया नगरपालिका वडा नं.३ स्थित सडक खण्डमा घुमफिर गरिरहेको अबस्थामा बुधबार पक्राउ गरिएको छ।

सिरहाको तत्कालिन धनगढी गा.वि.स. वडा नं. ९ का श्रीप्रसाद साह सोनारलाई वि.सं. २०६८ साल भदौ २७ गते घरबाट मोटरसाइकल चढी फुटबल खेल्न गएकोमा गोली हानी हत्या गरेर मृतकको साथबाट धनमाल लुटपाट गरेको जाहेरीको आधारमा ९ वर्षपछि यादवलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ।

यादवले मृत्तक चढेर आएको मोटरसाईकल, नगद २५ हजार रुपैया, सुनको औठी, सिक्री, मोबाईल, चाँदीको ब्रासलेट गरी २ लाख ५८ हजार बराबरको सामान र कागज पत्र लुटेर भागेका थिए।

माघ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्