महिला राष्ट्रिय लिग फुटबलमा चन्द्रपुरविरुद्ध एपीएफको ६ गोल, सावित्राको ह्याट्रिक

काठमाडौँ- राष्ट्रिय महिला लिग फुटबलमा बिहीबार शसस्त्र प्रहरी बल-एपीएफले चन्द्रपुर नगरपालिकालाई ६-० गोलले हराएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले पहिलो हाफमा २ र दोस्रो हाफमा ४ गोल गरेको थियो। एपीएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिक गरिन्।
कप्तान अनिता बस्नेत, अन्जली योन्जन र प्रिती राईले एक एक गोल गरे।