प्रतिविद्रोह कला र जङ्गल युद्धकला तालिम सम्पन्न गर्ने पहिलो नेपाली महिला सैनिक

जवान राधिका थापा
काठमाडौँ- जवान राधिका थापा निकै कठिन मानिने प्रतिविद्रोह कला र जङ्गल युद्धकला ‘काउन्टर इन्सरजेन्सी एन्ड जङ्गल वारफेयर’ तालिम सम्पन्न गर्ने पहिलो नेपाली महिला सैनिक बनेकी छिन्।
प्रतिविद्रोह कला र जङ्गल युद्धकला शिक्षालयमा भएको उक्त तालिम कात्तिक १८ देखि माघ ६ गतेसम्म सन्चालन भएको थियो। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-२ थापाटोल स्थायी घर भएकी थापा २०६९ सालमा नेपाली सेनामा प्रवेश गरेकी थिइन्।
त्यसको एक वर्षयता उनी प्रतिविद्रोह कला र जङ्गल युद्धकला शिक्षालयमा कार्यरत छिन्। यो तालिममा जङ्गल नेभिगेसन, धराप निर्माण गर्ने, जङ्गल सर्भाइभल टेक्निक्स, सर्प दंश व्यवस्थापनसहित कठिन शीपहरु सिकाइने नेपाली सेनाले जनाएको छ।