
कोभिड भ्याक्सिन उत्पादक भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआई)को गेटमा बिहीबार आगलागी भएको छ।
सेरमको उत्पादन प्लान्ट टर्मिनल-१ गेटमा आगलागी भएको इन्डिया टिभीले जनाएको छ।
आगो लागेपछि त्यहाँ १५ वटा दमकलको गाडी पुगेको छ भने विल्डिङमा ६ जना फसेका छन्।
उनीहरुको उद्धारका लागि एनडीआरएफको टोली पुणेको सेरम इन्स्टिच्यूट अफ इन्डिया पुगेको छ।
Maharashtra: Fire fighting operation underway at the under-construction building at Serum Institute of India in Pune, where a fire broke out this afternoon. At least 10 fire tenders present at the spot.
Vaccines and the vaccine manufacturing plant are safe. pic.twitter.com/8CJKcGoWCc
— ANI (@ANI) January 21, 2021
बिल्डिङको तेस्रो तल्लाबाट आगलागी सुरु भइ पाँचौ तल्लामा पुगिसकेको छ।
सेरमले उत्पादन गरेको कोरोनाविरुद्धको भ्याक्सिन ‘कोभिसिल्ड’ विहीबार मात्रै नेपाल आइपुगेको छ।