कोरोना अपडेटः संक्रमित २ लाख ६८ हजार ६४६, निधन १९७९, डिस्चार्ज २ लाख ६२ हजार ८६८

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ओखलढुङ्गामा ३, झापामा ४, धनकुटामा १, मोरङमा २, संखुवासभामा १, सुनसरीमा २, धनुषामा २,सप्तरीमा १, काठमाडौँमा १४६, काभ्रेमा ५, चितवनमा १२, धादिङमा १, नुवाकोटमा १२, भक्तपुरमा १६, मकवानपुरमा २, ललितपुरमा ३६, सिन्धुपाल्चोकमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै कास्कीमा २४, गोरखामा १, तनहुँमा २, नवलपरासीपूर्वमा २, पर्वतमा ४, म्याग्दीमा २, लमजुङमा १, बागलुङमा ७, स्याङ्जामा १, अर्घाखाँचीमा १, कपिलवस्तुमा २, गुल्मीमा ४, दाङमा ४, नवलपरासीमा १, पाल्पामा १, प्यूठानमा १, बर्दियामा २, बाँकेमा ७, रुपन्देहीमा ५, रोल्पामा १, जाजरकोटमा १, जुम्लामा १, सुर्खेतमा १, कञ्चनपुरमा २, कैलालीमा ३, बझाङमा ७ तथा बाजुरामा १ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार बिहीबार २ सय २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६२ हजार ८ सय ६८ पुगेको छ।

हाल देशभर ३ हजार ७ सय ९९ सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा ५ हजार ३० पीसीआर परीक्षण भएको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ७९ पुगेको छ।

मन्त्रालयका अनुसार हाल देशभर १५० जना कोरोना संक्रमितको आइसीयूमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

माघ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्