काठमाडौँ– संसद विघटनको विरोधमा राष्ट्रिय युवा संघ नेपालले काठमाडौँमा मसाल जुलुस निकालेको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षको युवा संघले  प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा मसाल जुलुस निकालेको हो।

काठमाडौँको बिजुलीबजारदेखि सुरु भएको मसाल जुलुस नयाँ बानेश्वरसम्म पुगेको थियो।

गत ५ पुसमा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी संसद विघटन गरेर आगामी वैशाख १७ र २७ गतेका लागि मध्यावधि चुनावको घोषणा गरेपछि देशभर  विरोध प्रदर्शन भइरहेको छ।