ओलीले आफ्ना आसेपासे र कार्यकर्ताबाहेक अरुलाई सुखी पार्न सकेन- नेता सिंह

काठमाडौँ-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसेपासे र नेकपाका कार्यकर्ता बाहेक अरुलाई सुखी पार्न नसकेको टिप्पणी गरेका छन्।

संसद विघटनको कदमविरुद्ध नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका वडा नं. ११ ले बिहिबार माइतिघर मण्डलामा आयोजना गरेको विरोध कोण सभालाई सम्बोधन गर्दै नेता सिंहले सो कुरा बताएका हुन।

नेता सिंहले भने, ‘प्रधानमन्त्री ओलीले निर्वाचनमा जाँदाखेरी स्थिरता दिने र आम जनताको जीवनलाई सुखी पार्ने प्रतिबद्दता गरेको भएपनि आफ्नो आसेपासे र नेकपाका मान्छेबाहेक आम जनतालाई केहिपनि दिन नसकेको बताए।

नेता सिंहले प्रधानमन्त्री ओलीलाई संविधान तथा संघीय कानुन अनुसार राज्य सञ्चालन गर्ने मात्रै अधिकार भएको भन्दै ओलीले भन्‍ने गरेजस्तो संसद विघटनको विशेषाधिकार संविधानमा नभएको बताए।

संविधान अनुरुप विधिको शासनमा नचलेकाले प्रधानमन्त्री ओली निर्वाचन नगराउनेतिर गएको आभाष भएको उनको भनाइ छ।

माघ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्