गायक धुव्र केसी रहेनन्

काठमाडौँ- गायक धुव्र केसीको बिहीबार निधन भएको छ। भैँसेपाटीस्थित अर्किड केयर सेन्टरमा उपचार गराउँदै आएका केसीको अपराह्न ४:४५ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

गायकका भान्जा प्रविण निरौलाका अनुसार पछिल्लो १० वर्षदेखि पार्किन्सन्सको समस्या थियो। पछिल्ल्लो एक महिनादेखि उनलाई ‘सिजर’हुने समस्या थियो।

पछिल्लो ३ वर्षदेखि उहाँलाई भैँसेपाटीस्थित अर्किड केयर सेन्टरमा राखेर स्याहार गरिँदै आएको थियो।

गायक केसीले ‘मायालु हजार हुन्छन्, बगीजाने खोला, सबले भन्छन्, तिम्रो माया कागजको र अभिनेता भुवन केसीसँग ‘अरु कालो रेलको धुँवाले’ गीत गाएका छन्। ७६ वर्षका केसीको जन्म २००१ मंसिर १ मा भएको थियो।

गायक केसी अभिनेता भुवन केसीका काका हुन्। नेपालमा गायनमा नाम कमाएका केसी केही समय भारतमा अभिनयको लागि संघर्ष गर्न गएका थिए ।

माघ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्