प्रेमिका नताशासँग आइतबार बिहे गर्दै वरुण धवन

बलिउड अभिनेता वरुण धवन आगामी आइतबार (जनवरी २४) विवाह बन्धनमा बाँधिने भएका छन्।

उनले प्रेमिका नताशा दलालसँग विवाह गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। वरुणको विवाहको तयारी जोडतोडका साथ भइरहेको छ।

कोरोना भाइरसको जोखिमका कारण विवाह समारोह सामान्य हुनेछ। कोरोनाबाट जोगिन स्वास्थ्य सुरक्षा सावधानी अपनाएर विवाह कार्यक्रम गर्न लागिएको हो।

परिवारका सदस्य र नजिकका साथीहरु मात्रै विवाहमा सहभागी हुनेछन्।

वरुण र नताशा लामो समयदेखि प्रेममा थिए। सन् २०२० मै उनीहरुको विवाह हुने बताइएको थियो। तर कोरोना महामारी सुरु भएपछि रोकिएको थियो।

माघ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्