हिमाली जिल्ला हुम्ला बिहीबारबाट कोरोना मुक्त

सिमकोट-हिमाली जिल्ला हुम्ला बिहीबारबाट कोरोना संक्रमण मुक्त भएको छ।

यसअघि कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्दै आएका संक्रमितको एन्टिजिन किटबाट कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि हुम्ला कोरोना संक्रमण मुक्त जिल्ला भएको हो।

एकजना सिटिजन्स बैंकका महिला कर्मचारीमा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउदा हुम्ला जिल्ल कोरोनामुक्त बनेको अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले जानकारी दिइन्।

पुस २५ गते एनिटजेन विधिबाट कोरोना परिक्षण गर्दा सिटिजन्स बैंकका एक जना महिला कर्मचारी सहित अर्का पुरुष कर्मचारीमा समेत कोरोना देखिएको थियो।

कोरोना देखिएका पुरुष कर्मचारीलाई केही दिन अगाडी जिल्लाबाहिर काठमाण्डौ लगिएको छ भने महिलाको कोरोना रिर्पोट नेगेटिभ आएसँगै उनि घरफिर्ता हुनुका साथै हुमला कोरोना मुक्त जिल्ला बनेको छ।

लामो समय कोरोना संक्रमणका हिसावले ग्रीन जोनका रुपमा रहेको हुम्ला जिल्लामा गत असोज ३ गएयता जिल्ला भरि ९१ जनामा कोरोना संक्रमण देखिएको थियो । ती सबै निको भएर घर फर्किएपछि हाल संक्रमित संख्या शुन्यमा झरेको हो।

गत असोज ३ गते हुम्लामा पहिलो पटक नेपालगञ्जबाट हवाई जहाजमा आएकी युवतीमा कोरोना देखिएको थियो। त्यसपछि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, शिक्षक र विधार्थीमा कोरोना संक्रमण देखिएको थियो।

माघ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्