सिरम इन्सिच्यूटमा लागेको आगलागीमा पाँच जनाको ज्यान गुम्यो

काठमाडौँ– कोरोना भाइरसविरुद्धको खोप बनाइरहेको भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाको पुनेमा रहेको प्लान्टको टर्मिनल एक गेटमा भएको आगलागीमा पाँच जनाको ज्यान गएको छ। पुनेका मेयर मुरलीधर मोहोलले घटनामा पाँच जनाको ज्यान गएको पुष्टि गरेका छन्।

सिरम इन्स्टिच्युटको भवनको अन्तिम तलामा फसेका पाँच जनाको ज्यान गएको मेयर मोहोलले जानकारी दिएका हुन्।

बिहीबार दिउँसो आगो लागेपछि तत्कालै १० वटा दमकल त्यहाँ पुगे पनि फसेकालाई निकाल्न नसकिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।

अक्सफाेर्ड-एस्ट्राजेनेकाकाे काेराेना खाेप काेभिसिल्ड सिरम इन्स्टिच्युट अफ इण्डियाले बनाइरहेको छ। ‍

नेपालमा पनि सिरम इन्स्टिच्यूटबाटै आएको खोप लगाउने तयारी भइरहेको छ।

माघ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्