युपिआरमा नेपालको मानव अधिकार अवस्थाको प्रशंसा

काठमाडौँ – युपिआरमा नेपालले देशको अवस्थाबारे जानकारी गराएको छ।

संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले बिहीबार सम्बोधन गरेका हुन्।

प्रत्येक वर्ष आयोजना हुने मानव अधिकारको विश्वव्यापी आवधिक मूल्यांकनको ३७औँ शृंखलामा परराष्ट्रमन्त्री ज्ञवाली र मुख्यसविच शंकरदास वैरागीले भर्चुल माध्यमबाट सम्बोधन गरेका हुन्।

ज्ञवालीले युपिआरलाई सम्बोधन गर्दै नेपालमा मावन अधिकारको अवस्था सुधार उन्मुख र सन्तोषजनक अवस्थामा रहेको उल्लेख गरे। यसपटक नेपाललाई मानव अधिकार परिषद्ले आठवटा विषयमा केन्द्रित रहेर धारणा राख्न भनिएको थियो।

युपिआर सम्मेलनले नेपालमा बालबालिकाको अवस्था अझै सुधार गर्न ६४ वटा सुझाव दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। जसमा बाल श्रमको अन्त्य, बालकालिकाको शिक्षाको सुनिश्चिता, सुरक्षित वातारणमा बाँच्न पाउने, जस्ता कुरामा नेपालले अझै सुधार गर्नुपर्नेछ।

ज्ञवालीको सम्बोधनपछि नेपालको मानव अधिकारको अवस्थाप्रति विभिन्न देशले प्रशंसासमेत गरेका थिए। श्रीलंका, साउदी अरेबिया, रसिया, मंगोलिया, कुबेत, भुटनले नेपालको मानव अधिकार अवस्था राम्रो भएको भन्दै प्रशंसा गरेका थिए।

यसअघि सन् २०११ मा तत्कालीन परराष्ट्रमन्त्री सुजाता कोइराला र २०१५ मा कमल थापाले सम्बोधन गरेका थिए।

थापाले तत्कालीन समयमा भारतले गरेको अघोषित नाकाबन्दीका कारण सिर्जित मानवीय समस्याबारे विश्वको ध्यानाकर्षण गराएका थिए। यो वर्ष नेपालको मानव अधिकारको अवस्था विश्वकको करिब ११०औं स्थानमा रहने अनुमान गरिएको छ।

माघ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्