लिभरपुलको ६८ खेलको अपराजित यात्रा टुंगियो

घरेलु मैदानमा इंग्लिस प्रिमियर लिगमा लिभरपुलको अपराजित यात्रा टुंगिएको छ ।
घरेलु मैदानमा भएका ६८ खेलमा लगातार अपराजित गरेको लिभरपुल लिग अन्तर्गत बिहीबार राति भएको खेलमा बर्नलीसँग पराजित भएको हो ।
बर्नलीले लिभरपुललाई १–० ले पराजित गरेको हो । बर्नलीको जितमा ८३ औँ मिनेटमा पाएको पेनाल्टीमा बार्नेसले गरेको गोल नै निर्णायक बन्यो ।
पराजित भएको लिभरपुल १९ खेलबाट ३४ अंकसहित चौथो स्थानमा छ । जित निकालेको बर्नली १८ खेलबाट १९ अंकसहित १६ औँ स्थानमा उक्लिएको छ ।