संसद विघटनविरुद्ध प्रचण्ड–नेपाल खेमाको काठमाडौँमा आज शक्ति प्रदर्शन

फाइल फोटो

काठमाडौँ- संसद विघटनविरुद्ध नेकपा (प्रचण्ड–नेपाल खेमा)ले आज काठमाडौँ फेरि शक्ति प्रदर्शन गर्दैछ।

काठमाडौं उपत्यकाका लगायत विभिन्‍न जिल्लाबाटसमेत कार्यकर्ता उतारेर प्रचण्ड–नेपाल खेमा राजधानीमा शक्ति प्रदर्शन गर्न लागेका हुन।

प्रदर्शनको समितिका सदस्‍यहरुले माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र बालमिकी क्‍याम्पस लगायतका स्थानबाट नेतृत्व गर्ने भएका छन्।

बिहान ११ बजे काठमाडौं र ललितपुरका बिभिन्न ९ स्थानबाट जुलुस निकालिँदै भने जसका लागि नेता कार्यकर्ताहरुलाई पौने ११ बजै नै उपस्थित हुन निर्देशन दिइएको छ ।

यता, माइतीघरको जुलुसमा केन्द्रीय सदस्यहरु गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल लगायतका नेताहरु सहभागी हुनेछन् भने डिल्लीबजार चारखालको जुलुसको नेतृत्व वर्षमान पुन र वेदुराम भुसालले सम्हाल्नेछन्।

यस्तै लैनचौरबाट निस्किने जुलुसमा भीम रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईंलगायतका नेताहरुले नेतृत्व गर्नेछन् भने त्रिपुरेश्वरबाट देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेले अगुवाइ गर्नेछन्।

यसका साथै कुपण्डोलको जुलुसमा कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नन्दकुमार थापालगायतका नेताहरु रहने प्रचण्ड-नेपाल खेमा संघर्ष समितिले जनाएको छ।

यस्तै घनश्याम भुसाल र जनार्दन शर्मा प्रदर्शनी मार्गको जुलुसमा रहने छन् भने नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई शान्तिवाटीकाबाट सुरु हुने मजदुरको जुलुसमा नेतृत्व गर्नेछन्।

यस्तै देव गुरुङ, हितमान शाक्य, रामकुमारी झाँक्री र लेखनाथ न्यौपानेले त्रिचन्द्र कलेज अगाडिबाट जुलुसको नेतृत्व गर्ने छन् भने अमृत बोहोरा, मुकुन्द न्यौपाने, विष्णुपुकार श्रेष्ठ वाल्मीकि क्याम्पसको जुलुसमा अगुवाइ गर्दैछन्।

यस्तै विभिन्‍न स्थानबाट सुरु भएको जुलुस रत्नपार्कमा जम्मा भइ मुख्‍य जुलुसमा परिणत हुने र उक्त जुलुस फेरि रत्‍नपार्क, पुतलीसडक, भद्रकाली, सहिदगेट, सुन्धारा हुँदै भृकुटीमण्डपको विरोध सभामा सामेल हुनेछ।

भृकुटीमण्डपमा हुने विशाल विरोधसभामा नेकपाका अध्‍यक्ष तथा केन्द्रीय सदस्यहरुले सम्बोधन गर्नेछन्।

माघ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्